१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लागुऔषधसहित २ जना पक्राउ

महोत्तरी - प्रहरीले लागुऔषधसहित २ युवकलाई पक्राउ गरेको छ। भारतीय बजारबाट लागुऔषधसहित नेपाल छिरेका भंगाहा नगरपालिका १ का ३१ वर्षीय अजय मण्डल र सोही ठाउँका २० वर्षीय रामजी मण्डललाई सम्सी गाउँपालिका ७ स्थित शंकर चोकबाट पक्राउ गरिएको हो।

प्रहरीले उनीहरुको साथबाट एक्सडिप्लोन सिरफ सय एमएल ३७ बोतल, डाइलेक्स सिरफ सय एम एल ५ बोतल, गरी ४२ बोतल लागुऔषध बरामद भएको प्रदेश प्रहरी कार्यालय प्रदेश २ जनकपुरका प्रवक्ता एवं सूचना अधिकारी डीएसपी दानबहादुर थापाले जानकारी दिए।

प्रहरी चौकी सम्सी र बिओपी सम्सीकाबाट संयुक्त रुपमा खटिएका टोलीले उनीहरुलाई बुधबार राति पक्राउ गरेको हो। ज७प ५१९६ नम्बरको मोटरसाइकलमा आउँदै गरेका उनीहरुमाथि शंका लागि जाँच गर्दा लुकाएर ल्याएको उक्त परिमाणको लागुऔषध फेला परेको हो। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

 

प्रकाशित: २ फाल्गुन २०७५ १३:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App