१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गाई मारेको अभियोगमा ३ जना पक्राउ

मकवानपुर– गाई मारेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पूर्वी मकवानपुरको बकैया गाउँपालिका १२ का उनीहरूलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो। 

पक्राउ पर्नेमा बकैया गाउँपालिका १२ निगालेका ५४ बर्से कृष्णबहादुर गोले, १८ बर्से विजय न्यासुर र बकैया ११ का १८ बर्सेसुवास टुप्पा रहेका जिल्ला प्रहरी प्रमुख बुद्धिराज गुरुङले जानकारी दिए। उनका अनुसार गोप्य सूचनाका आधारमा प्रहरी टोलीले उनीहरूलाई गाई काटिरहेको अवस्थामा फेला पारेको हो। 

तीन भारतीयसहित चार जना पक्राउ

लागुऔषध ओसारपसारको आरोपमा एक महिलासहित चार जनालाई मंगलबार बिहान प्रहरीले पक्रेको छ। हेटौंडा उपमहानगरपालिका ३ बसामाडीमा मनहरिबाट हेटौंडा आउँदै गरेको कारसहित तीन जना भारतीय पक्राउ परेका हुन्। भारत बिहार राज्यको पूर्वी चम्पारण जिल्ला मोतिहारी ग्राम सुरहा ५ बस्ने चालक २१ बर्से मोहमद एकरामोद्दिन, २३ बर्से जावेद आलम र २१ वर्षीया शान्तीदेवी नुनियालाई ४० केजी गाँजासहित प्रहरीले पक्राउ गरेको हो। बसामाडी प्रहरी चौकीले विशेष सुराकीका आधारमा बीआर २९ बी ४५८१ नम्बरको कार जाँच गर्दा सिटमुनि लुकाइ राखेको १८ पोका गाँजा फेला पारेको हो। 

तीन सय ७५ बिघा लागुऔषध नष्ट

प्रहरीले मकवानपुरका तीन सय ७५ बिघा ९ कठ्ठा १० धुरमा लगाइएको गाँजा र अफिम नष्ट गरेको छ। नष्ट गरिएको मध्ये तीन सय ४२ बिघामा लगाइएको गाँजा र ३३ बिघामा अफिम रहेको एसपी गुरुङले जानकारी दिए। साथै मकवानपुर प्रहरीले ०७५/७६ मा लागुऔषध कारोबारमा संलग्न र दुव्र्यसनीसहित एक सय १६ जनालाई पक्रेको छ । १४ जना भारतीय र एक सय दुई जना नेपाली रहेका छन्। पुर्पक्षका लागि ४५ जना कारागार चलान भएका र ७१ जना धरौटीमा छुटेका एसपी गुरुङले बताए।

प्रकाशित: १५ माघ २०७५ ११:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App