१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘दाइजोका लागि छाेरीकाे हत्या’ गरिएको माइतीकाे आरोप

बीरगन्ज– गत बर्ष धुमधामसंग बिहे भएर वीरगन्जबाट ससुराल घर नेपालगन्ज गएकी माधुरी बर्णवाल घरको पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेको मंगलवार उताबाट खबर आयो। हतार्ताहर नेपालगन्ज पुगेको माधुरीका बाबु, आमा र दाजुले उनको हत्या भएको बुझिएको बताएका छन्। घरभित्रै झुण्डिएको भेंटिएकी २६ बर्षीय माधुरीलाई श्रीमानका परिवारकाले प्रहरीलाई खबर नगरी अस्पताल पुर्याएका थिए।

‘यो हत्याको घट्ना हो, मेरो बहिनीलाई उनीहरु (ससुरालका)ले महिनवारी भएर बिरामी भएको अवस्थामै कुटपिट गरेका रहेछन्, पछि मारेरै झुण्ड्याए,’ मृतक माधुरीका दाजु दिपेन्द्र बर्णवालले नागरिकलाई भने, ‘उसको  ससुरालकाले आफहरुको हैसियत अनुसार दाइजो नदिएको भनेर केही महिनायता बहिनीसंग लागातार दुब्यवहार र मानसिक यातना भइरहेको थियो। यसपालि ज्यान नै गुमाउनु प-यो मेरी बहिनीले।’ प्रमाण मेटाउनका लागि बहिनीको ल्यापटप र मोबाइल फुटाइएको अनि डायरी गायब पारिएको उनले बताए।

नेपालगञ्ज स्थित भेरी अस्पताल नजिक रहेको घरभित्रै शंकास्पद अवस्थामा शव भेटिएको माधुरी वर्णवालको हत्यामा उनको श्रीमान मनिष वर्णवाल, ससुरा गोपीचन्द्र बर्णवाल र सासू राजकुमारी देवीको संलग्नता रहेको माइति पक्षको आरोप छ। माइती पक्षका अनुसार सुरुमा सासु र ससुराले नराम्रो ब्यवहार गरे पनि श्रीमान त्यसमा सामेल थिएनन। पछि श्रीमानको परस्त्रीसंग अबैध सम्बन्ध रहेको भन्ने खुल्ने किसिमको अनलाइन सन्देश आदानप्रदान माधुरीले देखेपछि श्रीमान मनिषले पनि एक्कासी ब्यवहार परिवर्तन गरेका थिए। घटनापछि प्रहरीलाई जानकारी नगराई शव अस्पताल लगिएको भन्दै पूर्व योजनाअनुसार छोरीको हत्या गरिएको मृतकका बाबु आमाको दाबी छ। 

छोरीलाई परेको समस्या बारे गत छठ पर्वको बेला ज्वाइ मनिष वीरगन्ज आउदा ‘छोरी मन नपरे छुटिनुस’ भनि माधुरीका माइती पक्षले प्रस्ताव गरेका थिए। ‘तपाईंकी छोरीलाई केही हुँदैन, म जिम्मा लिन्छु’, ज्वाइले भन्दा आफुहरुले बिश्वास गरेको उनीहरुले बताए। समयसंगै सबै ठिक हुने भन्दै आफुहरुले कामना गरिरहेको बेला छोरी झुण्डिएको खबर आएपछि आफुहरु शोकमा डुबेको मृतकका बुवा वेदप्रकाश बर्णवाल र आमा पुष्पा बर्णवालले बताए। घटनाको अघिल्लो दिन फोन गरी माधुरीले आफुलाई ढोका थुनेर राखेको र खानासमेत नदिएको जानकारी गराएको उनीहरुले बताए।

भेरी अस्पताल नजिकै औषधीको थोक पसल रहेको माधुरीको ससुराल पक्षले त्यहाँका डाक्टरलाई मिलाएको भनी आशंका जनाउँदैं पोष्टमार्टम रिपोर्ट सही आउने भरोसा नरहेको मृतकका दाजुले बताए। त्यसै प्रहरीले दोषीलाई जोगाउन प्रयास गरिरहेको उनको भनाई छ। प्रहरीले अत्महत्या भन्दै शुरुमा जाहेरी लिन नमान्दा आफुहरुले निकै प्रयास गरेपछि मात्र बाँके जिल्ला प्रहरीले जाहेरी लिएको उनले जानकारी गराए। ‘झुण्डेको अवस्थामा समेत नदेखेको प्रहरीले कसरी आत्महत्या हो भनी निश्कर्ष बिना अनुसन्धान नैनिकाल्न पुगेको?’ भनी माइती पक्षले प्रहरीको भूमिकामाथि सवाल उठाएको छ। माइती पक्षले माधुरीका श्रीमान मनिष, ससुरा गोपीचन्द्र र सासू राजकुमारीविरुद्ध त्यहाँ प्रहरीसमक्ष कर्तव्य ज्यान मुद्दाको जाहेरी दिएको छ। ‘एकै छिनमा सबै कुरा भइहाल्छ भन्ने छैन, बिस्तारै गर्छौं, पोष्टमार्टम रिपोर्ट आउन बाँकी नै छ, अदालतबाट म्याद लिएपछि पक्राउ पनि गछौं,’ प्रहरी उपरीक्षक अरुण पौडेलले भने, ‘हामी कुनै कसर बाँकी राख्दैनौं।’

प्रकाशित: २२ पुस २०७५ १४:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App