४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

बागबजारमा आगलागी, ५ वटा पसल जलेर नष्ट

डडेल्धुरा - डडेल्धुराकाे सदरमुकामस्थित बागबजारमा एक सातायता ११ पसलमा अागलागी भएकाे छ। उक्त क्षेत्रमा  भएका आगलागीबाट ६ वटा पसलका माल सामान तथा ५ वटा पसल जलेर नष्ट भएका छन्।

त्यस्तै बिहीबार रातिपनि सदरमुकामस्थित बगरबाटामा पनि अागलागी भएकाे छ। बगरबाटास्थित व्यवसायी टेक पनेरुको  चिया, तरकारी तथा फलफूल पसलका साथै सोही पसल सँग जोडिएको फोटो स्टुडियो तथा फोटोकपी सेन्टर र थप एक तरकारी तथा फलफूल पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक (डीएसपी) डम्मरबहादुर केसीले जानकारी दिए।

त्यस्तै उक्त अागलागीले स्थानीय राज जोशीको घरमा समेत क्षति पुगेको छ। उनको घरमा रहेको दैनिक उपभोग्य सामानको गोदाम थियो । गोदामका सामानहरु समेत जलेर नष्ट भएको उद्धार कार्यमा संलग्न छिमेकी शेरबहादुर गुरुङले बताए। राति करिब ११ः४० बजे आगलागी शुरु भएको थियाे। अमरगढी नगरपालिकाको दमकल र सुरक्षा निकायहरुका साथै स्थानीय बासिन्दाहरूकाे सक्रियतामा आगो नियन्त्रणमा लिइएकाे थियाे।

प्रकाशित: २० पुस २०७५ ०५:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App