१३ वैशाख २०८३ आइतबार
image/svg+xml
समाज

अवैध सुन सहित एक जना पक्राउ

रसुवा - चीनको केरुङबाट अवैध रुपमा सुन ल्याउने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङको तिप्लिङ घर भई रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीमा बस्दै आएका ३९ वर्षीय जलबहादुर तामाङ रहेका छन्।

स्याफ्रुबाट काठमाडौं जाँदै गरेको बा ८२ प ५११४ भिआर मोटरसाईकलबाट उनलाई पक्राउ गरिएको हो। नियमित चेकजाँचको क्रममा सोमबार दिउँसो जिल्लाको कटुञ्जेबाट उनलाइ पक्राउ गरिएको नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक सन्तोष तामाङले बताए। पैतालामा कागजले बेरेर जुत्ताभित्र लुकाएको अवस्थामा ३ सय ७८ ग्राम सुन सहित उनलाई पक्राउ गरिएको हाे। 

 

प्रकाशित: ९ पुस २०७५ १५:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App