१२ वैशाख २०८३ शनिबार
image/svg+xml
समाज

१५ लाख बराबरकाे अवैध सामान बरामद

रसुवा - भन्सार छलेर ल्याइएका अवैध सामान सशस्त्र प्रहरीले बरामद गरेकाे छ। चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट भन्सार छलि ल्याएकाे करिब १५ लाख मुल्य बराबरका जुत्ता तथा क्याप सशस्त्रले बरामद गरेकाे हाे।

शसस्त्र प्रहरी बल, राजश्व तथा भन्सार सुरक्षा (२१ नम्बर) गुल्म टिमुरेले जनाएको छ। भन्सार यार्डबाट अवैध रूपमा लुकाएर टिमुरेतर्फ ल्याउँदै गरेको अवस्थामा टिमुरेबाट सामग्री बरामद गरिएको शसस्त्र प्रहरी बल, राजश्व तथा भन्सार सुरक्षा (२१ नम्बर) गुल्म टिमुरेका प्रहरी नायव उपरीक्षक जीवन केसीले बताए। गुल्मले दिएको जानकारी अनुसार ५० कार्टुन जुत्ता र ६ बोरा क्याप बरामद गरिएको छ।
 

 

प्रकाशित: १३ मंसिर २०७५ १२:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App