काठमाडौं– प्रथम जननिवार्चित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको जीवनका विभिन्न पाटा र विद्रोहको स्वभाव तथा गतिविधि विश्लेष्ण गरिएको पुस्तक बीपीको विद्रोह आज लाेकार्पण गरिएको छ। पत्रकार जगत नेपालले लेखेको उक्त पुस्तकको पूर्व राष्ट्रपति डा. रामवरण यादवले लोकार्पण गरेका हुन्।
पुस्तकमा बीपीका राजनीतिक संर्घष उनको विद्रोही सोच, तथा उनले झेलेका विभिन्न समस्याजस्ता विषय समेटिएको लेखक नेपालले बताए। सार्थै बीपी आफैले सार्वजनिक नगरेका कतिपय घटनाक्रम तथा तथ्यहरुलाई एकत्रित गरी चिरफार गर्ने प्रयास गरिएको जानकारी लेखक नेपालले दिए।
पुस्तकमाथि पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईसहित राजनीतिक विश्लेषक डा. हरि शर्मा, शिक्षाविद् केदारभक्त माथेमा, डा. ज्ञानु पाण्डेलगायतले टिप्पणी गरेका थिए। पुस्तकमा बीपीबारे समकालीनहरुको बुझाईलाई पनि समेटिएको छ। पुस्तक बाह्रखरी बुक्सले प्रकाशन गरेको हो।
प्रकाशित: ७ मंसिर २०७५ १०:२१ शुक्रबार