१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भरुवा बन्दुक प्रहार गरेर श्रीमती र छोराको हत्या

रुकुम- रुकुम (पश्चिम) को त्रिवेणी गाउँपालिकामा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन्। गाउँपालिका– १ बल्लेजुराका ४९ वर्षीय सत्तवहादुर बुढाले आफ्नै ४२ वर्षीया श्रीमती इन्द्रकला बुढा र छोरा ११ वर्षीय स्वयमप्रकाश बुढाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)ले जानकारी दिएको छ।

प्रहरीका अनुसार उनले श्रीमती इन्द्रकलालाई घरमा राखिएको भरुवा बन्दुक प्रहार गरी हत्या गरेका हुन्। छोरा स्वयमप्रकाशलाई खुकुरी प्रहार गरेर हत्या गरेका थिए। दुवै जनालाई शनिबार राति करिब २ बजेतिर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) का प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए।

बुढाले श्रीमती र छोराको हत्यापछि आत्महत्याको प्रयास समेत गरेको उनले बताए। उनले आफ्नै घाँटीमा खुकुरी प्रहार गरेको डिएसपी खड्काले जानकारी दिए। मदिरा सेवन गरी श्रीमती र छोराको हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ।

बुढालाई प्रहरीले भरुवा बन्दुक सहित पक्राउ गरेको छ। मानसिक समस्या भएका कारण श्रीमती र छोराको हत्या गरेको हुनसक्ने स्थानीयको अनुमन रहेको छ। उनी यसअघि ५ दिनसम्म जंगलमा हराएको स्थानीय रामविक्रम विसीले जानकारी दिए। उनलाई त्यसपछि परिवारले घरमा ल्याएर धामि झाँक्रि गरि थप उपचारका लागि अस्पताल लैजाने तयारी गरेका थिए।

यस अघि पनि जिल्लाको मुसिकोट नगरपालिका–१४ मा एक व्यक्तिले आफ्नै  छोरा र भाइको खुकुरी प्रहार गरेर हत्या गरेका थिए।

 

प्रकाशित: २ मंसिर २०७५ ०७:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App