१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बस दुर्घटनामा ३ जनाको मृत्यु, २३ घाइते

चितवन –चितवनको ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ को जलबिरेमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। घटनामा घाइते २२ जनाको भरतपुर मेडिकल कलेज र १ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

काकरभिट्टाबाट पोखरा जाँदै गरेको ना ५ ख ४३८३ नम्बरको बस बिहीबार राती जलविरेको मोडमा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बस सडकबाट ५० मिटर तल जलविरे खोल्सामा खसेको थियो।

दुर्घटनामा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा झापाको मेची नगरपालिका ८ बस्ने ३५ वर्षीय उदयमान राजवंशी रहेका छन्। अन्दाजी २५ वर्षीय र ४० वर्षीय पुरुषको भने सनाखत हुन सकेको छैन।

प्रकाशित: २ कार्तिक २०७५ ०१:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App