२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

शिक्षिकाको कुटाईबाट विद्यार्थी घाइते

प्यूठान - प्यूठानमा शिक्षिकाको कुटाईवाट विद्यार्थी घाइते भएका छन्। भ्यालि ईङ्लिस वोर्डिङ्ग वाग्दुलामा कक्षा १ मा अध्ययनरत सुवास घर्तिलाई शिक्षिका प्रेरण केसीले कुटपिट गरि घाइते बनाएको पारिवारिक श्रोतले वताएको छ। शिक्षिकाको कुटाईबाट घाइते भएका डार्मि प्यूठानका सुवास घर्तिको घाटिमा समस्या देखिएको छ। उनको उपचारका लागि बुटवल लैजाने तयारि भईरहेको छ। परिक्षा दिईरहेका घर्ति पछाडी फर्किएको र पछि शिक्षिकाले किन पछाडी फर्किएको भन्दै कुटेको बताईएको छ।

नौवहनी गाउँपालिका डार्मि घर भई हाल बाग्दुलामा बस्दै आएका घर्ति परिवार विद्यालयमा विद्यार्थीमाथि भएको दुर्व्यवहारले विद्यायलमा विद्यार्थीहरु सुरक्षित नभएको बताउछन्। घर्तिलाई कुटपिट गर्ने शिक्षिका आज नै भारतको दिल्लीतर्फ लागेको विद्यालयका प्रिन्सिपल गिर वहादुर भण्डारीले बताए। विद्यार्थीलाई कुटपिट गरेको भन्दै घर्ति परिवार शिक्षिकालाई भेट्न स्कुलमा पुगेपनि उनलाई विद्यालयले भगाएको परिवार पक्षको भनाई छ।

प्रकाशित: २५ आश्विन २०७५ १३:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App