१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बालिका बलात्कारका अभियुक्तलाई ३ वर्ष कैद

उदयपुर - बालिका बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका एक जनालाई ३ वर्ष कैदको सजाय सुनाइएको छ।स्थानीय १४ वर्षीया बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका जिल्लाको ताप्ली गाउँपालिका २ का ४२ वर्षीय अमरनारायण श्रेष्ठलाई जिल्ला अदाललते कैद सजायको फैसला सुनाएको हो। बिहीवार बसेको जिल्ला न्यायाधीश तेजेन्द्र शर्मा सापकोटाको एकल इजालसले बालिकामाथि बलात्कार प्रयास गरेको कसुर ठहर गर्दै श्रेष्ठलाई उक्त सजायको आदेश दिएको अदालतले जनाएको छ। श्रेष्ठमाथि २०७५ असार ४ गते बालिकामाथि बलात्कार प्रयास गरेको अभियोगमा अदालतमा मुद्धा बिचाराधिन थियो।

छोरीमाथि बलात्कार प्रयास गरेको भन्दै पीडितका अभिभावकले घटनाको ३ दिनपछि गत असार ७ गते इलाका प्रहरी कार्यालय कटारीमा जाहेरी दिएका थिए। जाहेरीको आधारमा श्रेष्ठलाई प्रहरीले असार ८ गते पक्राउ गरी अनुसन्धान गर्दा उनलाई असार २५ गते अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो।

प्रकाशित: १८ आश्विन २०७५ १३:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App