२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

ढुङ्गा खसेर युवतीको मृत्यु

गोरखा–उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ३ को सल्लेरी भिरमा ढुङ्गा खस्दा लागेर एक युवतीको मृत्यु भएको छ । सोही ठाउँकी १७ वर्षिया सलिना गुरुङको उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौँ लैजाँदै गर्दा मृत्यू भएको हो ।

 आईतवार दिउँसो ढुङ्गा खसेर गुरुङ घाईते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र नेपालले बताए । उक्त घटना भएको ठाउँ मनास्लु पदमार्गको सर्किट पर्छ । साँघुरो, भिरालो बाटो भएकाले वर्षेनी त्यहाँ पर्यटक लड्ने, ढुङ्गा खसेर लाग्ने जस्ता घटना दोहोरिने गरेको छ।

गाउँपालिकाले मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) सँगको सहकार्यक्रमा अहिले पदमार्ग मर्मतमा पनि बजेट छुट्याएर काम गर्न थालेको गाउँपालिका प्मुख धनबहादुर गुरुङले बताएका छन्।

 

प्रकाशित: १५ आश्विन २०७५ ०७:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App