२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

झापाका व्यवसायी पौडेलको हत्या

मृतक पौडेल।

दमक – झापा दमकका व्यवसायी खेमनाथ पौडेलको अपहरणपछि हत्या गरिएको छ। सोमबार बेलुका झापाको गौरीगन्ज गाउँपालिका ६ स्थित सिमावर्ती क्षेत्रमा उनको हत्या भएको हो।

कन्चटमा धारिलो हतियार प्रहार गरी हत्या गरेर नालामा फालिएको अवस्थामा उनको शव फेला परेको थियो। कमल गाउँपालिका ६ का पौडेल दमक ६ मा कपडा व्यवसाय गर्थे। साथै गएकी श्रीमतिलाई छक्याएर अपहरणकारीले उनलाई लिएर गएका थिए।

घरमा पैसा छ, उतै जाउ बाइकमा ३ जना पनि अटिदैन भनेर बुहारीलाई गौरीगन्ज चौकमा छाडेर एक जना ब्यक्तिले लिएका गएका थिए, दाजु रुद्रले भने, त्यसपछी लामो समय सम्म सम्पर्क नभएपछी हामीले प्रहरीलाई खबर गरेका थियौ।

घटनास्थलमा फेला परेको उनको मोटरसाइकल । 

इलाका प्रहरी कार्यालय गौरीगन्जका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले प्रहरीलाई जानकारी आउन साथ खोजी जारी राखेको बताए। उनले घटनामा संलग्नको पहिचान भइसकेको उल्लेख समेत गरे। मृतक परिवारले समयमा प्रहरीलाई खबर गरेपनि खोजी गर्न नसकेको बताएको छ।

सोमबार दिउँसै अपहरणमा परेका खेमनाथको बेलुका शव फेला परेको थियो। प्रहरीले घटना स्थलबाट मृतकको मे ७ प १९०४  नम्बरको मोटरसाइकल पर्स,चप्पल,मोवाइल,हेल्मेट र सल बरामद गरेको छ।

प्रकाशित: २६ भाद्र २०७५ ०७:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App