१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

गोरखामा भेटिएको १० किलो सुन चिनियाँ नागरिकले पठाएको खुलासा

गोरखाको सिर्दिबासबाट पक्राउ परेका २ भरिया र सुन ।

गोरखा– उत्तरी गोरखाको सिर्दिबासमा शनिवार भेटिएको १० किलो सुन चिनियाँ नागरिकको भएको खुलासा भएको छ। चुमनुब्री गाउँपालिका ७ छेकम्पारका ५८ वर्षिय मुटुप लाम र सोही ठाउँका २८ वर्षिय लोप्चन तेन्वे सुनसहित पक्राउ परेपछि प्रहरी अनुसन्धानबाट उनीहरु भरिया भएको खुलेको प्रहरी प्रमुख एसपी बिमल बस्नेतले बताए।

चुमनुब्री गाउँपालिका ३ फिलिममा प्रहरी चेकजाँचको क्रममा दुई जनाबाट १० किलो सुन प्रहरीले बरामद गरेर सदरमुकाम ल्याई सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। पक्राउ परेका दुई जनाबाट पाँच÷पाँच किलो सुन र आठ तोला तयारी गहना भेटिएको थियो। 

पक्राउ परेको २ जना भरिया मात्रै भएकाे खुल्याे

सुनसहित पक्राउ परेका दुबै जनाले पहिलोपटक सुन बोकेर काठमाडौं जान लागेको बताएका छन्। उनीहरुका अनुसार तिब्बतमा खाद्यान्न सामग्री लिन जाँदा आउँदा जोङ भन्ने स्थानमा पासाङ भन्ने ब्यक्तीसंग चिनजान भएको थियो। पासाङको चिया पसलमा आउँदा जाँदा चिया खाने गरेकाले उनीसँग चिनजान भएको थियो। भरियाहरुले बताए अनुसार पासाङसंग एक चिनियाँ नागरिक कुरा गरिरहेका थिए। तिनै चिनियाँ नागरिक च्याङ्चिनले सुन काठमाडौं पु¥याएपछि ३ हजार धुर्मु (चिनियाँ रुपैयाँ) नेपाली ५० हजार दिन्छु भनेपछि उनीहरुले बोकेर आएको बताएका छन्। भरियाको मोबाइल नम्बर लिएर उनीहरुलाई काठमाडौं जान र त्यहाँ पुगेपछि फोन आउने र फोन गर्नेलाई सुन दिन भनेर पठाएको पक्राउ परेका दुबैले प्रहरीसँगको सोधपुछमा भनेका एसपी बस्नेतले बताए। काठमाण्डौंको न्यूरोडमा सुन पु-याउने जिम्मा उनीहरुलाई थियो। 

२१ गते सुन लिएर तिब्बतबाट छेकम्पारका दुई नागरिक गोरखा छिरेका थिए। सुन लिएपछि ट्याक्टर चढेर नेपालको नाकासम्म आएका उनीहरु त्यहाँबाट पैदल हिडेर छेकम्पार आएको बताएका छन्। मुटुप लामा एक÷एक किलोको ५ वटा गलबन्दीमा सिलाएर बेल्ट बनाएर बोकेका थिए भने लोप्चन तेन्वेले झोलामा राखेर पछाडि भिरेका थिए। उत्तरी गोरखाको प्रवेश नाका सिर्दिबासबाट सदरमुकाम तर्फ झर्दै गर्दा चेकजाँचको क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

चेकजाँचमा खटिएका सई तुलबहादुर सेनले पक्राउपछि पाँच वटा बिस्कुट (पाँच किलो सुन) दिन्छु भन्दै छाडिदिन अनुरोध गरेको बताए। उनले नछाडेपछि अन्ततः १० वटै दिने तर छाडिदिन भरियाहरु राजी भएका थिए। एसपी बस्नेतले प्रहरीलै कुनै लोभ लालच नराखी अवैध सुनसहित मानिस पक्राउ गरेको भन्दै उत्तरी गोरखाको नाकामा अझै कडाई गर्ने बताएका छन्। उक्त सुनको बजार मूल्य करिब पाँच करोड पर्छ। 

प्रकाशित: २५ भाद्र २०७५ ०७:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App