१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

गरिबी निवारण कोष उपाध्यक्षद्वारा राजीनामा

काठमाडौं – गरिबी निवारण कोषका कार्यकारी उपाध्यक्ष यामबहादुर थापाले राजीनामा दिएका छन्। स्रोतका अनुसार उनले मंगलबार राति प्रधानमन्त्रीको कार्यालयलाई राजीनामा दिएका हुन्।

कोषको एमआइएस सिस्टम (आन्तरिक सर्भर) मा क्षति पुगी स्थापना कालदेखि अहिलेसम्मका सबै रेकर्ड नष्ट हुने खतरा बढेको समाचार आएपछि प्रधानमन्त्रीको कार्यालयले यस विषयमा चासो राखेको स्रोतको भनाइ छ। कोषको व्यवस्थापन पक्षले एमआइएस सिस्टमा क्षति पुगेको विषयमा आन्तरिक छानबिन गरिरहेको छ।

स्रोतका अनुसार थापाले घरायसी कारण देखाएर राजीनामा दिएका हुन्। पुष्पकमल दाहाल नेतृत्वको सरकारले करिब १८ महिनाअघि उनलाई कोषको कार्यकारी उपाध्यक्षमा नियुक्त गरेको थियो। थापाको कार्यकाल विवादास्पद बन्यो। एक वर्षमा कम्तीमा ६ महिना बस्नुपर्ने बैठक एक वर्ष पनि बस्न सकेन। यस विषयमा समाचार आएपछि प्रधानमन्त्री कार्यालयले गत भदौ ८ गते कोष सञ्चालक समितिको बैठक बोलाएको थियो। सो बैठकले कोषका १२ प्रस्तावमध्ये दुईवटा मात्र स्वीकार गरेको थियो।

प्रकाशित: २१ भाद्र २०७५ ०२:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App