१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बलात्कारीलाई ७ वर्ष कैद सजाय

उदयपुर – १४ वर्षीया बालिकामाथि बलात्कार गर्ने यहाँका एक बृद्धलाई ७ वर्षको जेल सजाय भएको छ। उदयपुरको बेलका नगरपालिका–३ की बालिका बलात्कार आरोपमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका सुनसरी बराहाक्षेत्र नगरपालिका–८ का सुहीलाल चौधरीलाई जिल्ला अदालत उदयपुरले सो कैदको फैसला सुनाएको हो।

सोमबार बसेको जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको एकल इजालसले बलात्कार गरेको ठहर गर्दै ६२ वर्षीय चौधरीलाई उक्त कैद सजायको फैलसा गरेको हो। कैदसँगै बालिकालाई क्षतिपुर्तिवापत ३० हजार रुपैयाँ जरिबानासमेत तोक्ने फैसला भएको अदालतका स्रेस्तेदार रितबहादुर पुलामी मगरले बताए।

चौधरीले बेलका ३ स्थित शुक्रबारे हटियामा २०७४ फागुन २५ गते किनमेल गर्न निस्केर घर फर्कदै गरेकी बालिकालाई बाटो छेकेर बाँसघारीमा लगी जवरजस्ती बलात्कार गरेको भन्दै उजुृरी परेपछि उनी पक्राउ परेका थिए। घट्नाको भोलिपल्ट २६ गते पीडित परिवारले इलाका प्रहरी कार्यालय रामपुरमा उजुरी दिएपछि उनलाई पक्राउ गरी कारबाही अघि बढाइएको थियो।

उजुरी परेकै दिन पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालयमार्फत मुद्दा दायर गरी अनुसन्धान अघि बढाउने क्रममा अदालतले ०७४ चैत्र १८ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो। पुर्पक्षका लागि थुनामा परेको ५ महिनापछि बसेको इजलासले उनलाई दोषी करार गर्दै कैद र जरिवाना तोकेको स्रेस्तेदार मगरले बताए।

प्रकाशित: १९ भाद्र २०७५ ०९:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App