१४ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

इस्लाम धर्मावलम्बीले आज बकर–इद मनाउँदै

पोखरा – इस्लाम धर्मावलम्बीले आफ्नो प्रसिद्ध पर्व बकर–इद बुधबार उत्साहका साथ मनाइरहेका छन्। 

तीन दिनसम्म मनाइने यस पर्वलाई ‘इद–उल–जुहा’ पनि भन्ने गरिन्छ। यसलाई बलिदानीको पर्वका रुपमा लिइन्छ। इस्लाम महिना जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ। बकर–इदका अवसरमा देशका विभिन्न ठाउँमा इस्लाम धर्मालम्बीले पवित्रताका साथ आज बिहानैदेखि भेला भई नवाज पढेर पर्व मनाइरहेका छन्। 

पर्वका अवसरमा पोखरामा दश हजारको हाराहारीमा रहेका मुश्लिम समुदाय खुशीयालीका साथ पर्व मनाउन जुटेको अलि मियाँ बाङ्मय प्रतिष्ठान पोखराका अध्यक्ष एवं धर्मगुरु हनिफ मियाँले जानकारी दिए।  यस पर्वको अवसरमा परिवारका सम्पूर्ण सदस्य अनिवार्यरूपमा नयाँ वस्त्र धारण गर्ने गर्छन्।

इदगाहमा नवाज पढेर एकापसमा शुभकामना आदान प्रदान गने चलन छ। बकर–इदमा जनावरलाई ‘कुर्वानी’ अर्थात् बलिदानी गर्ने गरिन्छ। सो अवसरमा जनावरको मासुलाई तीन भाग लगाएर एक भाग आफन्त, एक भाग गरीब परिवार र अर्को भाग आफ्ना लागि राख्ने नियम रहेको धर्मगुरु मियाँले बताए। 

 

प्रकाशित: ६ भाद्र २०७५ ०४:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App