७ वैशाख २०८१ शुक्रबार
समाज

रेडियो नेपालको जग्गामा निजी कम्पनीको रजाइँ, नियम कानुन मिच्दा पनि महानगर मौन (भिडियो रिपोर्ट)

काठमाडौं– खुमलटारस्थित रेडियो नेपालको स्वामित्वमा रहेको  जग्गामा विभिन्न निजी कम्पनीले स्थानीय निकायको सहमति विनै भौतिक संरचना बनाएको पाइएको छ।

एसपीजी अटोमोबाइल्स, हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मेन्ट एन्ड सर्बिस सेन्टर र गणपति भेनियर्स एन्ड प्लाइवूड कम्पनीले रेडियो नेपालीको ट्रान्समिटिङ स्टेशन भएको जग्गामा ललितपुर नगरपालिकाको सहमति विनै ठुला भौतिक संरचना बनाएका हुन्।
ललितपुर महानगरपालिकाको अनुसार ती कम्पनीहरुले अहिलेसम्म व्यवसाय कर र जग्गा बहाल कर पनि बुझाएका छैनन्।
उल्लिखित तीन कम्पनीले नियम कानुन मिचेर एक पछि अर्को घर र टहरा थप्दै गर्दा पनि स्थानीय निकाय मौन छ।

त्यसो त सोही जग्गाको दक्षिण तर्फको २५ रोपनी जग्गा शसस्त्र प्रहरी बलले प्रति रोपनी प्रति महिना २३ हजार ७ सय ५० रुपैंयाका दरले प्रत्येक वर्ष ७१ लाख २५ हजार रुपैयाँमा दिएको भए पनि हालसम्म कुनै पनि रकम उपलब्ध गराएको छैन। सम्झौतामा २५ रोपनी प्रयोग गर्ने उल्लेख भएपनि शसस्त्र प्रहरी बलले अतिरिक्त २० रोपनी जग्गा बलजफ्ती प्रयोग गरेको छ।  

प्रकाशित: २९ श्रावण २०७५ ०९:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App