भक्तपुर– शनिबार रातिदेखिको अविरल वर्षा सोमबार साँंझसम्म पनि नरोकिंदा भक्तपुरको हनुमन्ते खोला आसपासबासी अझै त्रासमा छन्। आइतबार विहानदेखि डुवानमा परेका खोला आसपासका स्थानीयहरु सोमबार साँंझसम्म पनि अविरल वर्षा नरोकिंदा डुबानमा परिने त्रासमा रहेका हुन्।
गएको असार २८ गते तीन जनाको मृत्युदेखि सयौं घर डुवानको पीडा खेपेका उनीहरु ‘अगुल्तोले हानेको कुकुर विजुली चम्कँंदा पनि डराउँंछ’ भन्ने नेपाली उखान जस्तै त्रसित छन्।
असार २८ गते भन्दा कम मात्रै बाढी र डुवानमा परे पनि अविरलको वर्षा नरोकिंदा उनीहरुमा चिन्ता छाएको छ। विशेष गरेर हनुमन्ते खोलाको हनुमानचा, लिवाली, हनुमानघाट, भेलुखेल, सल्लाघारी, सृजनानगर, राधेराधेलगायतका हनुमन्ते आसपासबासी विशेष गरेर सतर्क रहेका छन्।
शनिबार रातिदेखि नै हनुमन्ते खोला आसपासका घरहरु सोमबार साँंझसम्म पनि सामान्य डुवानमा छन्। अरनिको राजमार्ग अन्तर्गत मध्यपुर थिमिको सर्भिस ट्याकमा अहिलेसम्म पनि सवारीसाधन आवतजावत हुन नहुने गरी डुवानमै छ। हनुमन्ते खोलामा आएको बाढीको खोला छेउछाउका उद्योग, कलकारखाना, अस्पताल, निजी घर, धानखेती आदि सामान्य डुवानमै छन्।
लिवाली निवासी भक्तपुर सिकर्मी संघका अध्यक्षसमेत रहेका स्थानीय विक्रम धुकुछु अविरल भइरहेको वर्षा नरोकिंदा आफूहरु त्रासमा रहेको सुनाए। हनुमन्ते खोला नजिककैको घरमा फर्निचरको सामानहरु बनाउने गर्दै आएका उनले शनिबारदेखिको अविरल वर्षाले खोला आसपासकाबासी डुवानमा परिरहँंदा रातको समयमा उनीहरु घरमा सुत्ने अवस्था नभएको जनाए।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले हनुमन्ते खोलाले बगाएर एकजना युवक राजेश श्रेष्ठको निधन भएको जानकारी दिए। उनको शव भक्तपुरको सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पताल नजिकै खोलाले बगाएर रुखमा अड्केको अवस्थामा भेटिएको प्रमुख जिल्ला अधिकारी भट्टले जनाए। बाढीबाट योबोहक अन्य कुनै मानवीय क्षति हुन नपाएको उनले बताए।
खोलाको सतह तुलनात्मक रुपमा घटे पनि पानी पर्न अझै नरोकिएकाले यसको जोखिम बढ्न सक्ने अनुमान गरी उद्दारकर्मीहरु सतर्क अवस्थामा रहेका छन्।
बाढीकै कारण हनुमन्ते खोला नजिकैको हनुमानघाटस्थित श्री बाल सेवक निम्न माध्यमिक विद्यालय, बाहारीस्थानस्थित श्री शान्ति निकेतन माध्यमिक विद्यालय पनि डुवानमा परेको थियो। वर्षाले भीमसेनस्थानस्थित हनुमन्ते खोला नजिकैको सिद्धि स्मृति महिला तथा वालबालिका अस्पताल र सल्लाघारीस्थित डा इमामुरा मेमोरियल अस्पताल पनि डुवानमा परेका थिए।
असार २८ गतेको पहिरो र बाढी तथा डुवानका कारण ३ जनाको मृत्यु, ४ जना घाइते, ५० घरमा क्षति पुग्नुका साथै पाँंच सय ५० घर परिवार विस्थापित भएका थिए। योसँगै १२ करोड भन्दा बढी धनमालको नक्सानी भएको जिल्ला विपद् व्यवस्थापन समति भक्तपुरले प्रारम्भिक आकलन गरिएको थियो।
प्रकाशित: २१ श्रावण २०७५ १३:४१ सोमबार