२ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

गोक्यो तालको शैक्षिक भ्रमणमा गएका तीन विद्यार्थी हराए

सोलुखुम्वु- खुम्बु क्षेत्रमा पर्ने गोक्यो तालको शैक्षिक भ्रमणमा गएका तीन जना विद्यार्थी हराएका छन्। खुम्वु पासाङल्हामु गाउँपालिका ४ मा रहेको खुम्जुङ माविको कक्षा ९ मा अध्ययरत ३३ विद्यार्थी बिहीबार शैक्षिक भ्रमणको लागि गोक्यो गएका थिए। हराउनेहरुमा १७ वर्षका तेम्वा दोर्जे शेर्पा, १६ वर्षका टेम्मा नुरु शेर्पा र १६ वर्षकै सुनिल बराइली रहेका छन्।

गोक्य पुग्न विद्यालयबाट दुई दिन लाग्छ। जिल्ला प्रहरी कार्यालय सोलुका डिएसपी रेसम पराजुलीले उद्दारका लागि हेलीकप्टर गए पनि थप सम्पर्क हुन नसकेको बताए। उद्दारको लागि खुमजुङबाट पनि हेलिकप्टर त्यसतर्फ गएको स्थानीय तेम्वा शेर्पाले बताए।  

 

प्रकाशित: १९ श्रावण २०७५ ०८:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App