१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

आमाको आग्रह पछि रगत परीक्षण गर्न तयार भए डा.केसी

काठमाडौं- आमाको आग्रहपछि अनशनरत डा. गोविन्द केसीले रगत परीक्षण गर्न तयार भएका छन्। ८० वर्षीय आमा मित्र कुमारी केसीको विशेष आग्रहमा उनले परीक्षण गर्न तयार भएका हुन्। आइतबार साँझ छोरालाइ भेट्न आएकि केसीकि आमा स्वास्थ्य परीक्षण पनि नभएको थाह पाएपछि विक्षिप्त भएकि थिइन्।

भेटपछि उनले टेलिफोन मार्फत छोरा केसीलाई स्वास्थ्य परीक्षण गराउन आग्रह गरेकि थिइन्। डा.केसीको स्वास्थ्यलाई नजिकबाट नियालिरहेकि डा.दिव्या सिंह शाह केहिदिन यता डा.केसीमा आएका परिवर्तनहरुका कारण चिन्तित रहँदै आएकि छन्।

डा.दिव्याले बताएका कुरा सुनिसकेपछी र आमाको विशेष आग्रहमा डा.केसीले रगत परीक्षण गराउन सहमति दिएका थिए। यता रगतको रिपोर्ट आएसँगै चिकित्सकहरु भने चिन्तित भएका छन्। रगतका सम्पुर्ण 'प्यारामिटर'हरु असामान्य छन्। सेतो रक्तकोशिकाको संख्या अहिलेसम्मकै न्यून देखिएको चिकित्सकले जनाएका छन्।

रगतमा ग्लुकोजको मात्रा पनि अहिलेसम्मकै सबैभन्दा न्यून देखिएको जनाइएको छ। अक्सिजन कम भएसँगै छाती पनि बेस्सरी दुख्ने गरेको  डा.केसीसँग रहेका उनका भाइ किशोर केसीले बताए।

प्रकाशित: ७ श्रावण २०७५ १२:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App