काठमाडौं- विश्व कप फुटवल प्रतियोगितामा विभिन्न फुटबल टीमको हारजितमा नगद लाभ लिने दिने गरी अवैध रुपमा सट्टाबाजी खेल खेलाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा मनाङ निसाङ गाँउपालिका ७ घर भई हाल काठमाडौं म्हेपी बस्ने ४२ वर्षीय मुखिया लामा, स्याङजा वालिङ नगरपालिका घर भई हाल काठमाडौं बालुवाटार बस्ने २४ वर्षीय सुवास गुरुङ र काठमाडौ महानगरपालिका १६ पकनाजोल बस्ने ३३ वर्षीय मुखिया गुरुङ रहेका छन्।
उनीहरुलाई प्रहरीले शुक्रबार ज्याठाबाट नगद ४ लाख सहित पक्राउ गरेको छ। पक्राउ परेकाहरूका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित: २६ असार २०७५ ११:२२ मंगलबार