६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

ईन्धन लिन गएका मजदुर भारतमा कुटिए

काठमाडौ – नेपाल भारतको सीमा रक्सौल नाकाहुँदै ईन्धन लिन भारत गएका चालक तथा सहचालकलाई भारतीय प्रहरी र स्थानीयले जेठ १६ देखि १९ गतेसम्म बन्धक बनाई कुटपिट गरेका छन्।

पेट्रोलियम पदार्थ लिन रक्सौल हुँदै भारतको आईसिपि कष्टम पुगेका ट्यांकर चालक तथा सह चालकलाई भारतीय प्रहरी एसएसबीका जवानले कुटपिट गरेका हुन्। भारतीय प्रहरीको कुटाईबाट  ना ७ ख १७४० नम्बरका चालक देव थापा, ना ७ ख २४७४ का चालक पशुपति मैनाली, ना ४ ख १५९३ का सहचालक राजेश बिक, ना ६ ख ६९४२ का चालक टेकलाल गोले, सहचालक गोरे लामा, ना ४ ख १५९४ का चालक देव लामा, ना ७ ख २१२६ का सह चालक सुशन बमजन, ना ७ ख ३६९६ का चालक बिकेस लामा, ना ७ ख २४७१ का चालक कान्छा तामाङ लगायतका मजदुर घाईते भएका छन्।

प्रहरीको सवारीलाई ओभरटेक गरेको, जवर्जस्ती गरेको र चन्दा नदिएको भन्दै कुटपिट गरेको ट्यांकर चालक देव थापाले बताए। यो घट्नाको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले विरोध गरेको छ। संगठनका अध्यक्ष भीमज्वाला राईले जारी गरेको प्रेस विज्ञप्तीमा पीडित मजदुरलाई न्याय दिन र काम गर्ने बातावरण निर्माण र श्रमिकको सुरक्षाका लागि सरकारसंग जोडदार माग गरेको छ। अन्य धेरै चालकहरु समेत आक्रमणको शिकार भएका छन् घाईते मजदुरहरुको उपचार, पीडिकहरुमाथी कारवाही तथा शान्ति सुरक्षाको प्रत्याभूतिका लागि सरकारसंग हार्दिक अपिल गर्दछौ, प्रेस विज्ञप्तीमा भनिएको छ।

प्रकाशित: २० जेष्ठ २०७५ १३:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App