१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चट्याङ लागेर उदयपुरमा ३ को मृत्यु

उदयपुर– उदयपुरमा बिहीबार दिउँसो चट्याङ लागेर २ बालबालिकासहित ३ जनाको मृत्यु भएको छ। २ जना घाइते भएका छ। सामान्य वर्षासँगै परेको चट्याङले जिल्लाको  लिम्चुङबुङ गाउँपालिका २ ताम्लिछाका ३ स्थानीयको मृत्यु भएको प्रहरीले जनाएको छ। 

वडाध्यक्ष भविन्द्र राईका अनुसार मृत्यु हुनेमा ६३ वर्षीय धनप्रताप राई, ११ वर्षीय कौशल भुजेल र ७ वर्षीया विष्णुमाया भुजेल रहेका छन्। त्यसैगरी ४ वर्षीय प्रविण भुजेल र  ६ वर्षीय रितकुमार भुजेल घाइते भएको वडाध्यक्ष राईलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। 

घरमै रहेका उनीहरुलाई एक्कासी परेको चट्याङको विद्युतीय झट्का लाग्दा घट्नास्थलमै मृत्यु भएको स्थानीयको भनाई छ। घाइतेहरुको अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। चट्याङले चौपाया र अन्य कुरामा पनि क्षति गरेको हुनसक्ने भएपनि विस्तृत विवरण प्राप्त नभइसकेको प्रहरीले जनाएको छ। 

प्रकाशित: १७ जेष्ठ २०७५ १४:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App