१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सडक विस्तारको क्रममा कुटाकुट हुँदा ६ घाईते

महोत्तरी- बर्दिबास नगरपालिका —१२ बिजलपुरामा सडक विस्तारको क्रममा कुटाकुट हुँदा एकै परिवारका ६ जना गम्भीर घाईते भएका छन्। सडक विस्तारको क्रममा विवाद भई अवस्था कुटाकुटमा परिणत हुँदा गाउँलेले एकै परिवारको ६ जनालाई निर्घात कुटपीट गरेका थिए।

कुटपिटबाट बर्दिवास नगरपालिका १२ घर भएका  फूलो देवी ठाकुर, वकिल ठाकुर,सरिता ठाकुर, अमन ठाकुर , हेमनाथ ठाकुर र उर्मिला देवी ठाकुर घाईते हुन पुगेको इलाका प्रहरी कार्यालय वर्दिवासले जनाएको छ । कुटपीटबाट घाइते भएकाहरुको बर्दिबास स्थित शुभ स्वस्तिक हस्पिटलमा उपचार भइरहेको छ।

सडक विस्तारको क्रममा सामान्य भनाभन हुँदा स्थानीय नारायण महतो, वीरेन्द्र महतो, राकेश महतो, दिनेश महतो, विजय महतो, राजाराम कुश्वहा, सुनिल महतो, सञ्जय महतो लगायतका समूहले ६ जना माथि कुटपिट गरेको पीडित परिवारले जनाएको छ। पीडित परिवारले आँफुहरु माथि कुटपिट गर्ने कार्यमा संलग्न माथि प्रहरी चौकी हात्तिलेटमा ठाडो उजुरी दिदैं न्याय दिलाईदिन प्रहरी समक्ष अनुरोध गरेको छ।

इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी प्रवीण पोखरेलले दुई पटक पीडक र पीडित पक्षलाई राखेर छलफल गराएको बताए।

प्रकाशित: ३० वैशाख २०७५ १२:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App