२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सुर्खेतमा ‘एरिया मदिरा नियन्त्रण अपरेशन’

सुर्खेत – कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपाल प्रहरीले ‘एरिया मदिरा नियन्त्रण अपरेसन’ सञ्चालन गरेको छ। 

जिल्ला प्रहरी कार्यालय सुर्खेत र मातहतका प्रहरी युनिटमा कार्यरत नेपाल प्रहरीले ६ महिनादेखि अपरेशन थालेको छ। कर्णाली प्रदेशमा अवैध रुपमा उत्पादन, बिक्री एवं वितरण भइरहेको मदिरा नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम गर्न अपरेशन सञ्चालन गरिएको प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए। 

“वीरेन्द्रनगर नगरपालिकासहित यहाँका नौवटै स्थानीय तहमा अपरेशन सञ्चालन गरेका छौँ, यसले घरेलु मदिरा नियन्त्रणमा बल पुग्नेछ”, उनले भने। अपरेशनका क्रममा घरेलु मदिरा र त्यसका लागि प्रयोग गरिएका भाँडावर्तन बरामद गरिएको छ। 

प्रहरी उपरीक्षक चतुर्वेदीले हालसम्म १३ हजार घरेलु मदिरा नष्ट गरिएको बताए। पछिल्लो केही समययता प्रहरीले अपरेशन क्लिन–२ नामबाट ‘अवैध मदिरा नियन्त्रण’ अभियान सञ्चालन गर्दैआएको छ। 

प्रकाशित: २७ वैशाख २०७५ १०:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App