३१ असार २०८२ मंगलबार
image/svg+xml
समाज

पत्रकार नारायण अर्याल पक्राउ

पत्रकार नारायण अर्याल पक्राउ परेका छन् । बिहीबार साइबर ब्युरोको टोलीले अर्याललाई कुपोण्डोलबाट पक्राउ गरेको हो।

त्यस्तै साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थीले पक्राउ नगरेको दाबी गरेका छन्। 

समाचार प्रसारण गरेको आधारमा सञ्चारकर्मी दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजी गरिरहेको छ ।

शंकर ग्रुपको स्वामित्वमा रहेको होटेल हिल्टनसँग सम्बन्धित समाचारमा कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवा जोडिएको भन्दै उजुरी दिएको आधारमा पाठक विरुद्ध पक्राउ पुर्जी गरेपछि प्रहरीले खोजी गरेको हो ।

बुधबार पाठकको घरमा प्रहरी पुगेको थियो । तर प्रहरीले उनलाई फेला पारेन । उनलाई फेला नपारेपछि दिलभूषण पाठकले सञ्चालन गरेको युट्युब च्यानलमा टफ टकमा ‘टफ एक्स्प्लेनर’का कार्यक्रम उत्पादक रहेका पत्रकार अर्याललाई पक्राउ गरिएको हो ।

प्रकाशित: २९ जेष्ठ २०८२ १८:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App