१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

विवाह उमेर घटाएर बालबालिकाको भविष्यसँग खेलबाड नगर्नुस् : मिस पबी

टिकटकर मिस पबी अर्थात् पवित्रा साकी मानसिक रूपमा परिपक्व नहुने भन्दै विवाहको उमेर घटाउन नहुने बताउँछिन्।

प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले गठन गरेको उपसमितिले विवाहको उमेरहद २० बाट घटाएर १८ वर्ष बनाउनुपर्ने सुझाव सरकारलाई दिएपछि उनको यो प्रतिक्रिया आएको हो ।  

‘शारीरिक रूपमा हलक्कै भए पनि १७/१८ वर्षको उमेरमा मानिस मानसिक रूपले परिपक्व हुँदैन,’ उनले भनिन्, ‘यो उमेर भनेको बेबी माइन्ड हो।’ बेबी माइन्डले पछिसम्मको सोच्न नसक्ने भन्दै सानो उमेरमा विवाह गर्न कानुनले छुट दिनु नहुने उनको बुझाइ छ।

‘यो उमेरमा बालबालिकालाई शिक्षादीक्षा दिएर राम्रो भविष्य बनाउन प्रेरित गर्नुपर्ने हो,’ उनी थप्छिन्, ‘आफ्नो जीवनको अनुभवबाट म भन्छु १८ वर्षको उमेरलाई विवाहयोग्य मान्न सकिँदैन।’

सरकार र सम्बन्धित निकायले १८ वर्षका किशोर किशोरीलाई विवाह गर्ने अनुमति दिनुभन्दा सुन्दर भविष्य कोर्नेतर्फ प्रेरित गर्नुपर्ने उनको जिकिर छ। ‘मुलुकमा धेरै दुर्गम क्षेत्र र विपन्न बस्ती छन्, त्यहाँ गुणस्तरीय शिक्षा, स्वास्थ्य पुर्याउनुस्।

उनले थपिन्, ‘विवाह उमेर घटाएर बालबालिकाको भविष्यसँग खेलबाड नगर्नुस्।’

यो पनि पढ्नुहोस्

२० वर्षपारि नै हुनुपर्छ बिहेवारी

 

प्रकाशित: २५ जेष्ठ २०८२ १०:०० आइतबार

#child marriage #NagarikNews #Miss pabi