६ असार २०८२ शुक्रबार
image/svg+xml
समाज

मदन-आश्रित स्मृति दिवसमा ताप्लेजुङ अस्पतालका बिरामीलाई फलफूल

३२ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा मदन भण्डारी स्मृति प्रतिष्ठान ताप्लेजुङले शनिबार ताप्लेजुङ जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ।

बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अस्पतालमा उपचारार्थ भर्ना भएका बिरामी र बिरामीका कुरुवा गरी ४२ जनालाई फलफूल वितरण गरिएको मदन भण्डारी स्मृति प्रतिष्ठान ताप्लेजुङका अध्यक्ष सन्तोष चाम्लिङले जानकारी दिए। उनी एमाले ताप्लेजुङका सचिव समेत हुन्।

ताप्लेजुङ जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामासहित एमालेका कोशी प्रदेश समिति र जिल्ला स्तरीय नेताहरू, मदन भण्डारी स्मृति प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा फलफूल वितरण गरिएको प्रतिष्ठानले जनाएको छ।

विक्रम सम्वत् २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गा भन्ने स्थानमा भएको सवारी दुर्घटनामा परी नेकपा (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो।

प्रकाशित: ३ जेष्ठ २०८२ ११:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App