१५ माघ २०८२ बिहीबार
image/svg+xml
समाज

सवारी दुर्घटनामा उदयपुरका असई खतिवडाको मृत्यु

सुनसरीको दुहबीमा शनिबार बिहान भएको सवारी दुर्घटनामा परी उदयपुरमा कार्यरत एक सहायक प्रहरी निरीक्षक (असई) को मृत्यु भएको छ। दुर्घटनामा एकै परिवारका दुई जना घाइते भएका छन्।

दुहबी नगरपालिका–३ स्थित फुटानीचोकमा भएको दुर्घटनामा जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत ३० वर्षीय असई विरोध खतिवडाको मृत्यु भएको हो।

उनी गाईघाटबाट कार्यालयको काम लिएर विराटनगर जाँदै गर्दा प्र.२-०१-००१ च ०२५१ नम्बरको पिकअप भ्यान अनियन्त्रित भई सडकको किनारमा रहेको फलामको रेलिङमा ठोक्किएर दुर्घटनामा परेको हो।

घटनास्थलमै असई खतिवडाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी केदारमान दोङले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा भ्यान चालक ३८ वर्षीय सुरेश कार्की र उनकी १४ वर्षीया छोरी रोजिना कार्की घाइते भएका छन्। उनीहरू दुवैको विराटनगरस्थित विराट टिचिङ अस्पतालमा उपचार भइरहेको छ।

त्रियुगा नगरपालिका–८ राजाबास स्थायी घर भएका असई खतिवडा हाल नेपाल प्रहरीको नारायणहिटी सुरक्षा गारद गुल्म, काठमाडौँको दरबन्दीमा रही जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत थिए।

प्रकाशित: २७ वैशाख २०८२ २०:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App