१० पुस २०८२ बिहीबार
image/svg+xml
समाज

खोटाङमा करेन्ट लागेर एकको मृत्यु

खोटाङमा विद्युतीय झट्का (करेन्ट) लागेर एक जनाको मृत्यु भएको छ।

सदरमुकाम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ चिउरीडाँडा नास्तुममा करेन्ट लागेर ५५ वर्षीय गङ्गाप्रसाद ढकालको मृत्यु भएको हो।

चैते धानको बीउ राखेको ठाउँमा बाँदरले दुःख दिएपछि खेद्न गएका ढकाललाई विद्युत्को पोलमा उभिरहेका बेला करेन्ट लागेको बताइएको छ।

वडाध्यक्ष लिलाकुमार चौहानका अनुसार घटना बिहीबार दिउँसो अन्दाजी २ः३० बजेको हो। खेतछेउको बिजुलीको पोल छेउमा उभिरहेका ढकाललाई अचानक करेन्ट लागेर बेहोस बनाएको वडाध्यक्ष चौहानले बताए।

करेन्टको झट्काले बेहोस भई भुईँमा ढलेका ढकालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

घट्नाबारे जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालयले उद्धार र उपचारका लागि टोली खटाएको थियो। तर, टोली घटनास्थलमा पुग्दासम्म ढकालको ज्यान गइसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर मोहन पोखरेलले बताए।

मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइँदै गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: ४ वैशाख २०८२ २०:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App