२८ चैत्र २०८१ बिहीबार
image/svg+xml २२:६ अपराह्न
समाज

सविनको शव परिवारलाई हस्तान्तरण, पोस्टमार्टममा एउटा गोली लागेको पुष्टि

तीनकुनेमा भएको प्रदर्शनका क्रममा मृत्यु भएका कीर्तिपुरका सविन महर्जनको शव परिवारलाई हस्तान्तरण गरिएको छ।

त्रिवि शिक्षण अस्पतालले मंगलबार पोस्टमार्टमपछि उनको शव परिवारको जिम्मा लगाएको हो।

पोस्टमार्टम प्रतिवेदनले महर्जनको शरीरमा एक गोली लागेको पुष्टि गरेको छ।

चैत १५ मा पूर्वराजा समर्थकहरूको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर कीर्तिपुर नगरपालिका–४ का २९ वर्षीय महर्जनको मृत्यु भएको थियो।

उनी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले आयोजित प्रदर्शनमा सहभागी थिए।

तीनकुनेबाट कोटेश्वर चोकतर्फको उकालोमा तनाव बढ्दा प्रहरीले गोली चलाएको थियो।

प्रकाशित: १९ चैत्र २०८१ १७:१९ मंगलबार

खुशी 0 %
दुखी 60 %
अचम्मित 0 %
हास्यास्पद 10 %
क्रोधित 30 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App