२० चैत्र २०८१ बुधबार
image/svg+xml ४:२ पूर्वाह्न
समाज

फेसबुकमा चलाइयो ‘ह्यासट्याग अरेष्ट ज्ञानेन्द्र’ अभियान

हिंसात्मक आन्दोलन भड्काएको आरोपमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्नुपर्ने माग गरिएको छ। सामाजिक सञ्जाल फेसबुकमा ‘ह्यासट्याग अरेस्ट ज्ञानेन्द्र’ अभियान चलाउँदै उनलाई पक्राउ गर्न माग गरिएको हो।

शनिबारदेखि सामाजिक सञ्जालका विभिन्न माध्यममा पूर्वराजा शाहलाई सर्वसाधारणले पक्राउको माग गर्दै यो अभियान चलाएका छन्। यो अभियानमार्फत सर्वसाधारणले सरकारलाई दबाब दिएका हुन्।

हिजो (शुक्रबार) चैत १५ काठमाडौँको तीनकुनेमा राजतन्त्र पक्षधरले आयोजना गरेको प्रदर्शन हिंसामा परिणत भएको थियो। त्यस क्रममा सञ्चारकर्मीसहित दुई जनाको मृत्यु भएको थियो। साथै निजी भवन, गाडी तोडफोड र आगजनी गरिएको थियो भने कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा लुटपाट समेत भएको थियो।

यो पनि पढ्नुहोस्

पूर्वराजाको सेवा सुविधा खोसिने, राहदानी रद्द गर्ने तयारी

यो पनि पढ्नुहोस्

ज्ञानेन्द्रका सुरक्षाकर्मीहरू कटौती

प्रकाशित: १६ चैत्र २०८१ १८:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App