१९ चैत्र २०८१ मंगलबार
image/svg+xml २३:३४ अपराह्न
समाज

पत्रकार सुरेश रजकको हत्या : विरोधमा मोरङ शाखाको र्‍याली

नेपाल पत्रकार महासंघ मोरङ शाखाले पत्रकारको हत्या र सञ्चारगृहमा भएको आगजनीको विरोधमा र्‍याली निकालेको छ।

शुक्रबार तीनकुनेमा पूर्वराजा समर्थकको आन्दोलनका क्रममा हत्या गरिएका पत्रकार सुरेश रजकको हत्याको विरोधमा मोरङका पत्रकारले प्रदर्शन गरेका हुन्।

उनको हत्या र सञ्चारमाध्यममाथि लक्षित आक्रमणलाई लिएर काठमाडौंसहित देशभरका पत्रकारले विरोध जनाएका छन्।

उनीहरूले हत्यारालाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने, पत्रकारको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने र प्रदर्शनका नाममा हुने यस्ता अराजकता तुरुन्त रोक्नुपर्ने माग राखेका छन्। 

प्रकाशित: १६ चैत्र २०८१ १३:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App