नेपाल पत्रकार महासंघ मोरङ शाखाले पत्रकारको हत्या र सञ्चारगृहमा भएको आगजनीको विरोधमा र्याली निकालेको छ।
शुक्रबार तीनकुनेमा पूर्वराजा समर्थकको आन्दोलनका क्रममा हत्या गरिएका पत्रकार सुरेश रजकको हत्याको विरोधमा मोरङका पत्रकारले प्रदर्शन गरेका हुन्।
उनको हत्या र सञ्चारमाध्यममाथि लक्षित आक्रमणलाई लिएर काठमाडौंसहित देशभरका पत्रकारले विरोध जनाएका छन्।
उनीहरूले हत्यारालाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने, पत्रकारको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने र प्रदर्शनका नाममा हुने यस्ता अराजकता तुरुन्त रोक्नुपर्ने माग राखेका छन्।
प्रकाशित: १६ चैत्र २०८१ १३:३९ शनिबार