नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाले रिपोटिङको क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको निधनप्रति शोक सभा सम्पन्न गरेको छ। महासंघले गुलरिया नगरपालिका–६ राधाकृष्ण चोकमा शनिबार बिहान घटनाको घोर भर्त्सना गर्दै शोक सभा आयोजना गरेको हो।
रिर्पोटिङमा खटिएका पत्रकारको निधनप्रति दुख व्यक्त गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष निर्मल घिमिरेले भने, ‘रिपोटिङमा खटिएको पत्रकारको निधनप्रति हामी दुःखी छौँ। साथै, सञ्चारमाध्यम कार्यालयमा भएको आक्रमणको घटनाको पनि घोर भर्त्सना गर्छु।’
उनले यो घटनाले पत्रकारहरू सुरक्षित नरहेको स्पष्ट देखाएको बताए। ‘हामीले नागरिकलाई सुसूचित गर्न आफ्नो ख्याल राख्दैनौँ। असुरक्षित भएर हिँड्नुपर्छ। राज्यले हामीलाई सुरक्षा दिएको खोई?’ अध्यक्ष घिमिरेको भनाइ थियो।
प्रकाशित: १६ चैत्र २०८१ १३:०६ शनिबार