२० चैत्र २०८१ बुधबार
image/svg+xml ०:४९ पूर्वाह्न
समाज

सिरहामा दलितमाथि ज्यादती : गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष धरौटीमा छुटे

सिराहाको औरही गाउँपालिका–५ मा महायज्ञको नाममा दलितको घरमा डोजर चलाएको घटनामा पक्राउ परेका गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीपकुमार यादव शुक्रबार धरौटीमा छुटेका छन्। जिल्ला अदालत सिरहाका न्यायाधीश विदुर काफ्लेको इजलासले जनही एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। 

स्रेस्तेदार नीरज पोखरेलका अनुसार जातीय भेदभाव र छुवाछूतसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो। शुक्रबार थुनछेक बहसपछि यस्तो निर्णय भएको हो। अदालतले वैशाख १९ गते हाजिर हुन निर्देशन दिएको छ। चैत १७ देखि महायज्ञ लगाउने भन्दै औरही–५ का दलित दीपक मलिक (डोम) को घर गत फागुन १० मा भत्काइएको थियो। 

महायज्ञ आयोजक समितिका अध्यक्षसमेत रहेका जसपा जिल्ला सदस्य शिवजी यादव र समितिका सचिव दिलीपकुमार यादव चैत ८ मा पक्राउ परेका थिए। दलित परिवारको घरमा डोजर चलाउन निर्देशन दिने महायज्ञका मूल पुजारी बजरंगी बाबा भने अझै फरार छन्। रासस

प्रकाशित: १६ चैत्र २०८१ १०:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App