२० चैत्र २०८१ बुधबार
image/svg+xml ०:५४ पूर्वाह्न
समाज

पत्रकार सुरेश रजकको हत्या र सञ्चार गृहमाथिको आक्रमणप्रति विरोध (तस्बिर)

राजसंस्थाको पुनःस्थापनाको माग राख्दै भएको भनिएको आन्दोलनमा सहभागी समूहले एक पत्रकारको हत्या गर्नुका साथै सञ्चार गृहमाथि तोडफोड गरेको घटनालाई लिएर पत्रकारहरू सडकमा निस्किएका छन्। 

समाचार सङ्कलनका क्रममा एक सञ्चारकर्मीको ज्यान गएको, विभिन्न सञ्चार गृहको भवनमा आगजनी भएको, हुलहुज्जत गरेर भवनभित्र पस्न नपाएपछि ढुङ्गा हानिएको र सवारीसाधन तोडफोड गरी सञ्चारकर्मीलाई आतङ्कित बनाइएको घटनाका दोषीलाई तत्काल कानूनी दायरामा ल्याउनुपर्ने मागसहित उनीहरूले विरोध प्रदर्शन गरेका हुन्। 

शुक्रबार आगजनी भएको भवनको समाचार सङ्कलन गर्ने क्रममा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो। त्यस्तै, तीनकुनेस्थित अन्नपूर्ण मिडिया ग्रुपको भवनमा तोडफोड र आगजनीबाट क्षति भएको छ। कान्तिपुर टेलिभिजनको भवनमा जबरजस्ती छिर्न खोज्दा सुरक्षाकर्मीले रोकेपछि ढुङ्गामुढा गरेर समाचार कक्षसम्म आतङ्क मच्चाइएको छ। हिमालयन टेलिभिजनको सवारीसाधन तोडफोड भएको छ। 

नेपाल पत्रकार महासङ्घसँगै नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस सङ्गठनलगायत सञ्चारसँग सम्बद्ध सङ्घसंस्थाले पनि यो घटनाको विरोध गरेका छन्। उनीहरूले दोषीमाथि कारबाहीको माग गर्दै स्वतन्त्र प्रेसको सम्मान गर्न, निर्वाध समाचार सङ्कलन गर्न दिन र सञ्चार गृह तथा सञ्चारकर्मीको सुरक्षामा ध्यान दिन सम्बन्धित सबै पक्षसँग आग्रह गरेका छन्।

प्रकाशित: १६ चैत्र २०८१ ०९:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App