२० चैत्र २०८१ बुधबार
image/svg+xml १:४१ पूर्वाह्न
समाज

तीनकुने घटनाको छानबिन र घाइतेको उपचार गर्ने सरकारको निर्णय

<br>

सरकारले राजावादीको आन्दोलनका क्रममा भएको घटनाको सत्यतथ्य पत्ता लगाई दोषी उपर कारबाही गर्न छानबिन समिति गठन गर्ने निर्णय गरेको छ।

शुक्रबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

सरकारले पूर्वराजाका समर्थकहरूले काठमाडौंको तीनकुनेमा घटाएको घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण गर्दै घोर भत्र्सना गरेको छ।

बैठकले मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको पनि प्रवक्ता गुरुङले बताए।

उनका अनुसार, घटनामा घाइते भएकाहरूको उपचार सरकारले नै गर्ने निर्णय भएको छ। साथै, दोषी उपर छानबिन गरी आवश्यक कारबाही गर्न पनि सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट गरे।

‘आगामी दिनमा यस्ता घटना हुन नदिन आवश्यक व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ,’’ सूचना तथा सञ्चार प्रविधिमन्त्री समेत रहेका गुरुङले भने।

प्रकाशित: १५ चैत्र २०८१ २३:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App