राजावादीको आन्दोलनका क्रममा दुई व्यक्तिको ज्यान गएपछि प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवल शमशेर राणासहित १७ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सेफोर्ड लिम्बु, सन्तोष तामाङ पनि रहेका छन्। प्रहरीले फरार रहेका दूर्गा प्रसाईलाई पनि खोजी गरिरहेको छ।
प्रकाशित: १५ चैत्र २०८१ २३:११ शुक्रबार