२० चैत्र २०८१ बुधबार
image/svg+xml ०:२ पूर्वाह्न
समाज

आगलागीबाट १७ घर जलेर नष्ट, ३० लाखभन्दा बढीको क्षति

कपिलवस्तुको विजयनगर गाउँपालिका–७, परसोहियामा शुक्रबार दिउँसो करिब ३ बजे भीषण आगलागी भएको छ। आगलागीबाट १७ वटा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्। शुक्रबार दिउँसो करिब ३ बजे कतारे खटिको गोठबाट सुरु भएको आगो फैलिएको थियो।  

इलाका प्रहरी कार्यालय गणेशपुरका अनुसार, आगलागीले १७ वटा घर र गोठ जलेर नष्ट भएका छन्। प्रहरीले आगलागीबाट नगद, गहना, अन्नपात र लत्ताकपडासहित ३० लाखभन्दा बढीको क्षति भएको जनाएको छ। वडा नम्बर ७ का अध्यक्ष दिनेश कुमार चौधरीले भने आगलागीबाट खाद्यान्न, लत्ताकपडा, गहना र नगद गरी ६७ लाखभन्दा बढीको क्षति भएको बताएका छन्।  

उनका अनुसार, पूर्ण रूपमा क्षति भएका घरबाहेक ३ वटा भान्साकोठा, ३ वटा गोठ र २ वटा भान्साकोठासहितका संरचना भत्किएका छन्। साथै, २ वटा पाडापाडी जलेर घाइते भएका छन्। आगलागीबाट २९ परिवारका करिब २०० जना प्रभावित भएका छन्।  

कृष्णनगर र शिवराज नगरपालिकाबाट गएका दमकल, सुरक्षाकर्मी र स्थानीय बासिन्दाको प्रयासपछि करिब एक घण्टामा आगलागी नियन्त्रणमा आएको थियो। आगलागीपछि प्रभावित परिवारहरू खुला आकाशमुनि बस्न बाध्य भएका छन्।

प्रकाशित: १५ चैत्र २०८१ २१:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App