२० मंसिर २०८२ शनिबार
image/svg+xml
समाज

तुम्बेवा चिनाउन महोत्सव

दक्षिणी पाँचथरको तुम्बेवा गाउँपालिकालाई चिनाउन महोत्सव आयोजना गरिने भएको छ । फागुनको २७ देखी ५ दिन सम्म आयोजना हुने महोत्सवमा एक सय भन्दा बढी किसिमका कार्यक्रम तयार पारिएको छ । सहित्यीक कार्यक्रम तर्फ कबिता प्रतियोगिता, कृषि प्रदर्शनी तर्फ उत्कृष्ठ उत्पादन गर्ने कृषकलाई पुरस्कृत गर्ने देखी साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमको तयारी यतिवेला तुम्बेवामा तिब्र छ ।

तुम्बेवामा उत्पादन हुने कृषि उपज, फलफुलसंगै यहाँको कला संस्कृतिलाई बाहिर लैजान पनि महोत्सव जरुरी रहेको गाउँपालिकाका अध्यक्ष बाबुराम खड्काले बताए । ग्रामिण गाउँपालिकाको भास्य परिवर्तनको अभियानमा रहेको गाउँपालिकाले महोत्सव मार्फत परिवर्तित तुम्बेवाको झल्को दिने उनले बताए ।

अहिले तुम्बेवाको केन्द्र मौवा बजारलाई सिंगार्ने देखी कार्यक्रमका स्थलको काम तिब्र पारिएको छ ।

महोत्सव अवधीमा महिला तथा पुरुष फुटवल प्रतियोगिता, राष्टब्यापी कविता प्रतियोगिता लगायतका महत्वका कार्यक्रमको समेत आयोजना गर्न लागिएको हो ।

मुख्य गरेर तुम्बेवालाई चिनाउन यहाँको प्रचिन चिनारीलाई झल्काउने कार्य प्राथमिकतामा छन । करिव एक सय बिधामा गर्न लागिएको कार्यक्रमका लागि गाउँपालिकाले ३० लाख रुपैँया खर्च अनुमान गरेको छ ।

प्रकाशित: १९ फाल्गुन २०८१ १४:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App