पाथीभरा याङवरक गाउँपालिका वडा नं २ स्थित नेकपा (एमाले) को थेचम्बु वडा कमिटीले मासिक रूपमा हप्तामा एक दिन जनश्रमदान अभियान चलाउन थालेको छ।
पार्टी सदस्यका प्रत्येक घरधुरीबाट पायक पर्ने स्थलमा महिनामा एक दिन श्रमदानमा सहभागी हुनुपर्ने गरी अभियान चलाइएको एमाले जिल्ला कमिटी सदस्य तथा वडा इञ्चार्ज तेजविर मेन्न्याङ्वोले जानकारी दिए। उनका अनुसार श्रमदानमा मानव श्रमबाट गर्न सकिने बाटो मर्मत, खाल्डाखुल्डी पुरपार, बाटोमा खसेका ढुङ्गाहरू पन्छाउने, पानीका मुहानहरू सफाइ, बाटो सफाइ, मठमिन्दर, विद्यालय र सार्वजनिक स्थल वरपर सफाइ गर्ने जस्ता काम हुने छन्।
बाटो मर्मतसहितका कामहरूमा समेत आफूहरूले सहयोग गर्न सक्ने अभियानका अगुवा समेत रहेका मेन्याङ्वोले जानकारी दिए।
प्रकाशित: १८ फाल्गुन २०८१ १४:३७ आइतबार





