१२ पुस २०८२ शनिबार
image/svg+xml
समाज

हुम्लामा भारी हिमपात, किसान हर्षित

हुम्लामा भारी हिमपात भएको छ । शुक्रबार बिहानैदेखि बाक्लो हिमपात भइरहेको सर्केगाड गाउँपालिकाकी उपाध्यक्ष देवकी तिमल्सिनाले जानकारी दिइन् । जिल्लाको उच्च क्षेत्र नाम्खा गाउँपालिका र सदरमुकाममा सिमकोटमा पनि हिमपात भएको छ।

सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै उपाध्यक्ष तिमल्सिनाले भारी हिमपातले बाहिर निस्कन समेत समस्या भएको बताएकी छन् । पानी लिन जान नसकेको, गाईबस्तुलाई घाँसपात दिन पनि नसकिएको बताउँदै उनले चिसो अत्यधिक बढेको बताइन् । 

उनले भनिन्, नेपालको स्वर्ग कहाँ छ भने त्यो कर्णालीमा छ । यहाँका सबै घरमा हिउँ फुलिरहेको छ । सबैका घरका छानाहरु हिउँले पुरिएको छ । 

हिमपातले नाम्खा गाउँपालिकाको लिमी, चाला, याल्बाङ, यारी, मुचुलगायतका क्षेत्रका बाक्लो हिउँ जमेको छ। जिल्लाको दक्षिणी भेगहरु सर्केगाड, चंखेली, अदानचुली, ताजाकोट गाउँपालिकामा वर्षा भएको छ । 

रातभर वर्षा भएको र बिहानदेखि हिमपात भएको उनले बताइन् । हिमपातपछि किसान भने हर्षित भएका छन् । लामो समय पानी नपरेर खडेरी सुरु हुने अवस्थामा हिमपात भएपछि किसानमा खुशीयाली छाएको उपाध्यक्ष तिमल्सिनाले बताइन् ।

प्रकाशित: १६ फाल्गुन २०८१ १२:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App