१२ पुस २०८२ शनिबार
image/svg+xml
समाज

घाँस काट्न गएका वृद्ध मृत फेला

उदयपुरमा एक वृद्ध जङ्गलको भीरमा मृत अवस्थामा भेटिएका छन् ।

त्रियुगा नगरपालिकाको पहाडी वडा १५ नं. खाँबुस्थित कुभिण्डेका ६१ वर्षीय शेरबहादुर मगर मङ्गलबार राति भीरमुनि मृत अवस्थामा भेटिएका हुन् ।

घाँस दाउरा गर्न भन्दै सोमबार दिउँसै घरबाट हिँडेका मगर राति अबेरसम्म नफर्केपछि भोलिपल्ट बिहानदेखि आफन्तले खोजी सुरु गरेका थिए । छरछिमेक र आफन्त कसैको सम्पर्कमा नरहेपछि जङ्गलतिर खोज्ने क्रममा घरदेखि केही टाढा जङ्गलको भीरमुनि मृत अवस्थामा भेटिएको वडाध्यक्ष गणेश तिम्सिनाले बताए ।

मगरको सोही दिन भीरबाट लडेर ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ । मृत शरीर बुधबार बिहान पोष्टमार्टमका लागि सदरमुकामस्थित जिल्ला अस्पताल ल्याइएको वडाध्यक्ष तिम्सिनाले बताएका छन् ।

प्रकाशित: ७ फाल्गुन २०८१ १४:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App