कृषि जानकारका रूपमा पहिचान बनाएका मदन राईलाई बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्ष जेल सजाय भएको छ। जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले उनलाई बाल यौन दुरुपयोग दोषी ठहर गर्दै साढे २ वर्षको जेल सजाय तोकेको हो। अदालतले ७५ वर्षीय राईलाई यसअघि माघ १० गते दोषी ठहर गरेको थियो।
आफैँले खोलेको ‘सुभद्रा मदन फाउन्डेसन’ मा पढ्न आएका बालिका र किशोरीहरूलाई राईले यौन दुर्व्यवहार गरेको अभियोग थियो। आफ्ना संवेदनशील अङ्गमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अङ्गमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने, अश्लील शब्द प्रयोग गर्ने लगायत आरोप उनीमाथि थियो।
उनीविरुद्ध २०८० जेठ २१ गते सरकारी वकिलको कार्यालय खोटाङले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।
प्रकाशित: २५ माघ २०८१ १८:४० शुक्रबार


-600x400.jpg)


