२८ फाल्गुन २०८१ बुधबार
image/svg+xml १०:१३ पूर्वाह्न
समाज

कपिलवस्तुमा एउटै रात पाँच घरमा चोरी

कपिलवस्तु नगरपालिका-३, आँखा अस्पताल टोलमा रहेको पाँच घरमा शनिबार राति चोरी भएको छ।

चोरहरूले गौतमबुद्ध होटल पछाडि रहेका दुई घर र राधाकृष्ण मन्दिर पछाडि रहेका तीन घरका ताला फोडेर नगद, गरगहना तथा विभिन्न सरसामान चोरी गरेका हुन्।

चोरीमा परेका घरधनी र भाडामा बस्ने व्यक्तिहरूका अनुसार चोरहरूले सबि बस्नेत, प्रदीप गिरी, बिष्णु प्रसाद चौधरी, बिन्दावति दुबे र सेतो गुरास संस्थाको घरका ताला फोडी नगद तथा गरगहना गरी करिब ३ लाख ५८ हजार रुपैयाँ लुटेका छन्।

यसअघि पनि आँखा अस्पताल टोलमा दुई वटा घरमा चोरी भएको थियो। तर, अहिलेसम्म चोरीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न प्रहरीले सकेको छैन।

घटनाको अनुसन्धान र चोरहरूको खोजी जारी रहेको कपिलवस्तु प्रहरीका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए।

स्थानीयहरूले चोरहरूले योजनाबद्ध रूपमा चोरी गरेको बताएका छन्। उनीहरूले पटक–पटक चोरी भइरहँदा पनि प्रहरीले अहिलेसम्म दोषीलाई पक्राउ गर्न नसक्नु दुःखद भएको बताए।

प्रकाशित: २० माघ २०८१ २०:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App