पाथिभरामा केबलकार निर्माणको विरोधमा पहिचान पक्षले आह्वान गरेको बन्दको सामान्य प्रभाव देखिएको छ। मुकुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले आज र भोलि गरी दुई दिन अरुणपूर्वका ९ जिल्लामा आह्वान गरेको बन्दको पहिलो दिन आज सामान्य प्रभाव देखिएको कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसपी दीपक पोखरेलले जानकारी दिए।
उनका अनुसार तराईका जिल्लाहरूमा बन्दको प्रभाव सामान्य रहेको छ भने पहाडी जिल्लाहरूमा बन्दको प्रभाव देखिएको छ। यात्रुबाहक सवारी साधन चलेका छैनन्। केही बन्दकर्ताहरू भने भेला भएको उनले बताए।
यस्तै झापा र विराटनगरमा बजारहरू खुला छन् भने सवारी साधनहरू सामान्य रूपमा चलिरहेका छन्। साथै राजमार्गमा यात्रुबाहक सवारी साधन चलेका छैनन्।
सो क्रममा झापाको दमकमा बाटो अवरोध गराउँदै हिँडेका तीन जनालाई पक्राउ गरेको समेत एसपी पोखरेलले जानकारी दिए।
प्रकाशित: २० माघ २०८१ ११:०० आइतबार





