२० कार्तिक २०८३ शुक्रबार
image/svg+xml
समाज

आशिकालाई शुक्रबारसम्म जगती प्रहरी चौकीमा राखिने

अभियन्ता आशिका तामाङलाई शुक्रबारसम्म भक्तपुरको जगती प्रहरी चौकीमा राखिने भएको छ।

तामाङको टिमले दिएको जानकारी अनुसार उनलाई आजबाट तीन दिनसम्म त्यहाँ राखिने भएको छ।

टिमका अनुसार जगतीबाट रिहा भएपछि फेरि धादिङमा मुद्दा लगाउने तयारी गरिएको छ।  'सरकार सञ्चालन गरिरहेको पार्टीको भातृ सङ्गठनले नै नियतवश मुद्दा दर्ता गराउने प्रयास गरेको बुझ्नमा आएको छ,' टिमले भनेको छ।

तामाङलाई गत माघ २ गते अभद्र व्यवहार गरेको भन्दै स्वयम्भू वृत्त टोलीले पक्राउ गरेको थियो।

उनीमाथि प्रहरी वृत्त गौशालाले थप अनुसन्धान अघि बढाएको थियो। गत पुस २६ गते पशुपति क्षेत्र विकास कोषको पत्र जाहेरी र पुस २५ को प्रहरी प्रतिवेदनका आधारमा अनुसन्धान गर्न तामाङलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ।

प्रकाशित: १५ माघ २०८१ २०:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App