मकर सङ्क्रान्तिको अवसरमा मंगलबार जनकपुरधामका खिचडी भोजको आयोजना गरिएको छ।
संस्कृति जोगाउने उद्देश्यका साथ जनकपुरधामका स्थानीय युवाहरूले जनकपुरधामको जानकी चोकमा खिचडी भोजको आयोजना गरेका हुन्।
अंगराज सरको डिलमा विगत १ दशकभन्दा बढी समयदेखि खिचडी भोजको आयोजन हुँदै आएको छ।
यसवर्ष मिथिला संस्कृति तथा सनातन धर्म अन्तर्गतको संस्कृतिलाई संरक्षण गर्ने अभिप्रायले खिचडी भोजको आयोजना हामीले गर्दै आएको युवा अभियन्ताहरू बताउँछन्।
यसले भाइचारा र संस्कृतिलाई जोगाउने युवाहरूको विश्वास छ।



प्रकाशित: १ माघ २०८१ १६:२५ मंगलबार